राष्ट्रवादी लेखक महासंघको आन्तरिम विधान-२०७६

राष्ट्रवादी लेखक महासंघ सैद्धान्तिक, सांगठनिक र नेपालको मुल अन्तरविरोधलाई पहिचान गर्ने समकालीन नेपाली विचारमा सबैभन्दा युगीन, रचनात्मक तथा यथार्थपरक नेपाली धर्तीमा आधारित विचारको विकास गरेको साहित्यिक संगठन हो ।

नेपालको आन्तरिक राष्ट्रवाद मृत्युतुल्य भएको अवस्थामा राष्ट्रवादी लेखक महासंघ नेपाली राष्ट्रवाद उन्मुख व्यवस्था र समाजको कल्पना गर्दै संसारकै सबैभन्दा असली राष्टवादी लेखक महासंघको अभ्यास गर्ने सोचका साथ अगाडि बढिरहेको छौं । विदेशी एजेन्डाको रुपमा कलो खानेहरुले राष्ट्रवादी लेखक महासंघ र हामीलाई कसरी हेर्छन् हामीलाई यसको प्रवाह छैन । जनता, स्रोत-साधन, माटो र झण्डाको माया गर्नेहरुले के भन्छन् ? त्यो महत्त्वपूर्ण विषय हो । हामीलाई पुर्ण विश्वास छ । नेपाली जनता, माटो र झण्डाको शिर उच्च हुनुपर्छ भन्ने आम जनसमुदाय र देशभक्ति लेखक वर्गले हामीलाई साथ र समर्थन गर्नुहुनेछ । राष्ट्रको निउरेको शिर निउराउन नै बाध्य पारिएको अवस्थामा को राष्ट्रवादी ? को राष्ट्रघाती ? छुटाएर अगाडि बढ्नुपर्छ । राष्ट्रवादी हुनका लागि कस्तो प्रकारको दृष्टिकोण हुनुपर्छ भन्ने विषयमा राष्ट्रवादी लेखक महासंघले आफ्नो वैचारिक दस्तावेज प्रष्ट पारेको छ ।

संगठनलाई व्यवस्थित परिचालन गर्नको लागि स्पष्ट विधि, नीति-नियम चाहिन्छ । त्यसकै लागि विधानको आवश्यकता पूरा गर्न आन्तरिम विधान निर्माण गरिएको छ ।


                              भाग १

नाम र झण्डा:
धारा १ : यस संगठन र अभियानको नाम राष्ट्रवादी लेखक महासंघ रहनेछ । अंग्रेजीमा Nationalist Author Federation भनिने छ । छोटकरीमा NAF Nepal (नफ नेपाल) भनिनेछ ।

धारा २ : झण्डा पहिचान हो । NAF कुनै NGO र INGO नभएको विशुद्ध नेपाली जनताका आधारभुत अधिकार गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगार जस्ता जनजीविकाको लागि सवाल सहित राजनीति, आर्थिक, सामाजिक विषयमा र राष्ट्र, राष्ट्रियता, राष्ट्रवादको पक्षमा, विचार संप्रेषणसहित शान्तिपूर्ण ढंगले साहित्यिक परिवेशमा रहेर आवाज उठाउने भएको हुँदा नेपालको राष्ट्रिय झण्डालाई नै राष्ट्रवादी लेखक महासंघको पहिचान बनाएको छ ।

                              भाग २

धारा ३ : परिभाषा : अन्तरिम विधानमा प्रयोग भएका शब्दहरुलाई निम्नअनुसार परिभाषित गरिन्छ :-
१. राष्ट्रवादी लेखक महासंघ :
राष्ट्रवादी लेखक महासंघ भन्नाले नेपाली जनताका गुमेका तथा पाउनु पर्ने सामाजिक, राजनीतिक, आर्थिक, वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक अधिकारका लागि शान्तिपूर्ण संघर्ष गर्ने राष्ट्रवादी लेखकहरुको सांगठनिक अभियानको रूपमा बुझिनेछ ।

२. केन्द्रिय महासमिति :
केन्द्रिय महासमिति भन्नाले राष्ट्रवादी लेखक महासंघको सम्पुर्ण नीतिगत, कार्यदिशा, संगठनात्मक, संघर्षको योजना बनाउने, निर्णय गर्ने र कार्यसम्पादनको नेतृत्व गर्ने केन्द्रमा नेतृत्वदायी संगठन(समिति) लाई बुझाउने छ । तत्कालको लागि केन्द्रिय महासमितिमा १५ जनाको सदस्यता रहनेछ । आवश्यकता अनुसार समिति निर्माण र व्याख्याको अधिकार केन्द्रिय महासमितिलाई प्रदान गरिने छ ।

३. सचिवालय :
नेपाली जनताका आधारभुत आवश्यकता परिपुर्ति गर्ने सवालमा इच्छा जाहेर गरेको आधारमा होइन कि लक्ष्य नै बनाई योजना, अभियान र आन्दोलनको आवस्यकता अनुसार विचार, योजना, कार्यक्रममा सशक्त भुमिका खेल्ने राष्ट्रवादी लेखक महासंघमा समर्पित, सांगठनिक, वैचारिक तथा अनुशाशनलाई केन्द्रमा राख्ने केन्द्रिय महासमितिमा जिम्मेवारी बहन गरेको सदस्यहरुअ मध्यबाट एक तिहाई सदस्य सचिवालय बन्ने छ । यहि आधार बनाई प्रत्येक समितिको सचिवालय निर्माण हुनेछ ।

४. ब्युरो :
राष्ट्रवादी लेखक महासंघको समग्र योजनालाई लागू गर्ने सवालमा कार्य विभाजन गरि काम कारबाही चुस्त दुरुस्त बनाउनको लागि ब्युरो निर्माण गरिने छ । यी ब्युरो आवश्यकता अनुसार खुल्ला र गोपनिय बनाइने छ । आशंकाको हिसाबले होईन NAF को योजनालाई सफलतामा पुर्याउनको लागि NAF को कार्यदिशा अनुसार खुल्ला र गोप्री ब्युरो पनि बन्ने छन् । ब्युरो निर्माणको आवस्यकता अनुसार केन्द्रिय महासमितिको बैठकले थप निर्णय गर्न सक्नेछ । राष्ट्रवादी लेखक महासंघका केहि ब्युरोहरु क्रमश:
१. संगठनिक ब्युरो
२.आर्थिक ब्युरो
३. विशेष ब्युरो
४.मुल्यांकन तथा अनुगमन ब्युरो
५.अनुशासन ब्युरो
६. प्रशिक्षण ब्युरो
केन्द्रिय आवस्यकता अनुसार ब्युरो थप गर्ने अधिकार केन्द्रिय महासमितिमा निहित हुनेछ र भातृसंगठन र मातहतका समितिमा आवश्यकता अनुसार सम्बन्धित समितिको विभाग बनाउने छ ।

५. अभियानता :
अभियानता भन्नाले राष्ट्रवादी लेखक महासंघका सम्पुर्ण क्रियाशील सम्पुर्ण नेतृत्व र सदस्यलाई बुझाउने छ ।

                              भाग ३

धारा ४ : संगठनात्मक संरचना र सञ्चालन
क) अन्तरिम विधानको मान्यता अनुसार सर्वोच्च अंग केन्द्रिय महासमिति हुने छ ।
ख) प्रत्येक तहगत सदस्यहरु संगठनको सिद्धान्त, नीति र उद्देश्यको परिपालनमा प्रतिबद्ध हुनेछ ।
ग) प्रजातान्त्रिक अभ्यासबाट सम्पुर्ण समितिहरुमा निर्णय गरिने छ ।
घ) सार्भभौंमिकतालाई सम्मान गर्दै समितिका सदस्यहरुको समान हैसियत हुनेछ ।
ङ) समितिको तहअनुसार बैठकका सुचना, निर्णय, प्रस्ताव जानकारी गराइने छ ।
च) ६० प्रतिशत समितिका सदस्यको उपस्थितिमा मात्र बैठक पुर्णता पाउने छ ।
छ) आकस्मिक निर्णय लिनु परेमा सचिवालयको रायअनुसार अगाडि बढिने छ । सचिवालयको निर्णयलाई पछि सम्बन्धित समितिमा अनुमोदन गरिने छ ।

धारा ५ : राष्ट्रवादी लेखक महासंघको सांगठनिक संरचना:
क) केन्द्रिय महासमिति
ख) केन्द्रिय समिति
ग) केन्द्रिय परिषद्
घ) केन्द्रिय सल्लाहकार समिती
ङ) केन्द्रिय महासमितिका सचिवालय
च) केन्द्रिय ब्युरोहरु

धारा ६ : कार्य अवधि
१. राष्ट्रवादी लेखक महासंघको केन्द्रिय महासमिति, केन्द्रिय समिति र केन्द्रिय सल्लाहकार समितिको कार्य अवधी पाँच वर्षको हुनेछ ।
२. राष्ट्रवादी लेखक महासंघको केन्द्रिय परिषदको कार्य अवधि चार वर्षको हुनेछ ।
३. राष्ट्रवादी लेखक महासंघका सबै भात्री संगठनहरुको कार्य अवधि तीन वर्षको हुनेछ ।

                              भाग ४

धारा ७ : अभियानको संगठित सदस्यताको सवालमा अभियानको सदस्यता लिन चाहाने नेपाली नागरिकको योग्यता निम्न हुनेछ:-
१. उमेर १६ वर्ष नागेको हुनुपर्ने छ ।
२. अभियानको विधान, कार्यक्रम, कार्यदिशा र नीतिहरुलाई स्वीकार गरि संगठनको सदस्यताको हैसियतबाट नियमित लेवि बुझाउन तत्पर रहेको ।
३. नैतिक पतन देखिने अभियोगमा सजाय नपाएको ।
४. मानसिक सन्तुलन नगुमाएको ।

धारा ८ : अभियानका सदस्यको काम, कर्तव्य र अधिकार निम्न अनुसार हुनेछन्:-
१. कुनै संगठनको समितिमा संगठित हुने ।
२. संगठनको निर्माण, विस्तार र सुदृढीकरणमा सक्रियता पुर्वक लाग्ने ।
३. भेला, सम्मेलन, महाधिवेशन प्रतिनिधि चुन्ने र चुनिने ।
४. अभियानका सिद्धान्त, नीति र निर्णयहरुको निशर्त पालना गर्ने, चित्त नबुझे माथिल्लो समिति र केन्द्रिय महासमिति समक्ष लिखित आलोचना वा सुझाव पेश गर्ने ।
५. संगठनको गोपनियतालाई नचुहाउने ।
६. संगठनको पद्धति, हित, एकता र प्रतिष्ठालाई सदा संरक्षण गर्ने, संगठित सदस्यको टीका-टिप्पणी अनावश्यक ठाउँमा नगर्ने ।
७. संगठनका नेतृत्वको सम्मान गर्ने, संगठित सदस्यलाई सहयोग, समर्थन गर्ने र कुनै आलोचना गर्नु परे भए सम्बन्धित सदस्य समक्ष वा संगठनको पद्धति अनुसार मात्र गर्ने ।

धारा ९ : सदस्यताको समाप्ति
१. स्वईच्छाले सदस्यता परित्याग गरेमा ।
२. राजीनामा स्वीकृत भएमा ।
३. निर्धारित समयभित्र सदस्यता नवीकरण नगरेमा ।
४. संगठनको चल-अचल सम्पती हिनामिना गरेमा ।
५. उचित कारणबिना तीन ओटा पुर्ण बैठकमा उपस्थित नभएमा ।
६. नैतिक पतन देखिने फौजदारी अभियोग प्रमाणित भएमा ।
७. सदस्यता खारेज हुने गरि अनुशासनको कारबाही भएमा ।

                              भाग ५

धारा १० : केन्द्रिय महासमितिको काम, कर्तव्य र अधिकार
१. राष्ट्रिय सम्मेलन वा महाधिवेशनको आयोजना गर्ने ।
२. केन्द्रिय अध्यक्ष, सचिवालय, ब्युरोहरुको नेतृत्व र सदस्यहरुलाई चुन्ने ।
३. NAF को राष्ट्रिय सम्मेलनद्वारा पारित विचार, कार्यदिशा, कार्यक्रम र कार्यनीतिहरुलाई कार्यन्वयन गर्ने र गराउने ।
४. अन्य लेखक संघ, संस्था, समूह, व्यक्तिसँग सम्बन्ध कायम गर्ने, सहकार्य, कार्यगत एकता जस्ता कार्य गर्ने ।
५. केन्द्रिय नेतृत्वमा संलग्न गराउन केन्द्रिय सदस्य तथा केन्द्रिय परिषदका सदस्यहरु मनोनयन गर्ने ।
६. मातहतका सांगठनिक समितिलाई व्यवस्थित गर्ने ।
७. संगठन कोषको सञ्चालन गर्ने ।
८. संगठनको हित विपरीत वा नोक्सान पुर्याउने जुनसुकै समितिका सदस्यलाई बहुमतको निर्णयमा कारबाही गर्ने ।
९. केन्द्रिय सल्लाहकारको मनोनयन गर्ने ।

धारा ११ : केन्द्रिय अध्यक्षको काम, कर्तव्य र अधिकार
१. केन्द्रिय महासमितिको बैठक बोलाउने, बैठको एजेन्डा, प्रतिवेदन तथा कार्ययोजना पेश गर्ने ।
२. केन्द्रिय महासमितिका निर्णयहरुको कार्यन्वयनमा संगठनको नेतृत्व प्रदान गर्ने ।
३. केन्द्रिय महासमिति, केन्द्रिय समिति र केन्द्रिय परिषदको बैठकको अध्यक्षता गर्ने ।
४. समग्र संगठनको काम निरीक्षण र अनुगमन गरि आवश्यक निर्देशन दिने ।
५. राष्ट्रवादी लेखक महासंघको सम्मेलन वा राष्ट्रिय स्तरका भेलामा केन्द्रिय महासमितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्ने ।
६. केन्द्रिय महासमितिले तोकिएका तथा विधानले निर्देशित गरेको अन्य जिम्मेवारी पूरा गर्ने ।
७. अध्यक्ष आफ्ना सम्पुर्ण कामको निम्ति सचिवालय, केन्द्रिय महासमिति र मातहतका समितिप्रति उत्तरदायी हुनेछ ।

धारा १२ : केन्द्रिय समिति र केन्द्रिय परिषदको गठन गर्ने सम्पुर्ण अधिकार केन्द्रिय महासमितिलाई प्रदान गरिएको छ । यी समितिमा रहेका सदस्यहरुले भातृसंगठनको हकना मातहतको ईकाइदेखि माथिल्लो समितिको प्रत्यक्ष कार्यकारी भइ नेतृत्व गर्ने छ । कुनै न कुनै समितिको नेतृत्व गर्न नसक्ने व्यक्तिलाई केन्द्रिय समितिमा वा केन्द्रिय परिषद सदस्यमा ल्याइने छैन । एउटै सदस्य दुई वा दुई भन्दा बढी समितिमा रहन सक्नेछन् ।

धारा १३ : सल्लाहकार समिति
राष्ट्रवादी सोच भएका अति धेरै अनुभवी व्यक्तिहरुको बिचबाट सल्लाहकार समिति गठन गरिने छ ।

                              भाग ६

धारा १४ : संगठनात्मक सिद्धान्त
१. राष्ट्रवादी लेखक महासंघको निर्माण र सञ्चालन राष्ट्रवादी केन्द्रियताको आधारमा हुनेछ । यो सिद्धान्तको व्याख्या, विकास र प्रयोग प्रत्येक राष्ट्रवादी लेखक महासंघका सदस्यको कर्तव्य हुनेछ ।
२. व्यक्ति संगठनको मातहतमा हुन्छ, अल्पमत बहुमतको अधिनमा हुन्छ, तल्लो समिति माथिल्लो समितिको मातहत हुन्छ र सम्पुर्ण सदस्यहरु केन्द्रिय महासमितिको मातहत हुन्छन् । केन्द्रिय महासमिति राष्ट्रिय सम्मेलनको मातहत हुनेछ ।
३. आफू रहेको समितिभित्र छलफलमा आएका विचारहरु र निर्णय नगरिएका विषयहरु कसैले पनि सार्वजनिक गर्न पाउने छैन ।
४. संगठनलाई गतिशील बनाउन आलोचना र आत्मआलोचनाको पद्धतिको विकास गर्नुपर्छ ।
५. जनता महान भएका कारणले नै उनीहरुको विचार, योजना, कार्यक्रम जनताबाट लिएर जनतालाई दिने प्रणालीले मात्र जनतासँग घनिष्ठ सम्बन्ध कायम हुने विधिको विकास गर्नुपर्दछ ।

धारा १५ : समितिमा आवद्ध हुने नेतृत्वले लिने सपथ

म नेपालमा रहेको लेखकहरुको गौरवशाली संगठन राष्ट्रवादी लेखक महासंघको .... ..................... समितिमा जिम्मेवारी लिएको यश महत्त्वपुर्ण घडीमा राष्ट्रको झण्डा सामु उभिएर निम्न प्रतीक्षा गर्दछु :-
१. म बेरोजगार वर्गको मुक्तिबाटै राष्ट्रिय मुक्तिको विचारलाई आत्मसात गर्ने छु ।
२. संगठन द्वारा अघि सारिएका विचार, कार्यक्रम, कार्यदिशालाई दृढतापुर्वक अनुसरण गर्नेछु ।
३. म संगठनको विधान, पद्धति र अनुशासनको पालना गर्नेछु ।
४. म आफू संगठित भएको समितिको समितिगत गोपनियतालाई जुनसुकै अवस्थामा पनि पुर्ण रुपले रक्षा गर्ने छु ।
५. म संगठनले दिएको जिम्मेवारी जस्तोसुकै अवस्थामा पनि सक्रियता पुर्वक पालना गर्न तयार रहने छु ।
६. म जनता, राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद र संगठनका लागि जस्तोसुकै त्याग गर्न पनि तयार रहने छु ।


राष्ट्रवादी लेखक महासंघ-जिन्दावाद !
राष्ट्रवादी साहित्य-जिन्दावाद !!!
राष्ट्रवाद- जिन्दावाद !!

धन्यवाद ! जय राष्ट्रवाद !! जय देश !!!


                           अनुसूची-१

(भाग ४ धारा ७ सँग सम्बन्धित)
(राष्ट्रवादी लेखक महासंघको साधारण सदस्यता फारमको नमुना)

शिक्षा !      स्वास्थ्य !!      समृद्धि !!!      राष्ट्रियता !!!!

"सम्पुर्ण राष्ट्रवादी लेखकहरु एक होऔं ।"
राष्ट्रवादी लेखक महासंघ
केन्द्रिय कार्यलय, काभ्रेपलान्चोक, नेपाल

द.नं.:                                              मिति:

              प्रतिवद्धता सहितको आवेदन फारम

म मिति ............................. गतेका दिन ....................... जिल्ला ............................. महा नपा/ नपा/ उप-नपा/ नपा/ गापा/ .............. वडा .......................... टोल बस्ने श्री ................................ का छोरा/छोरी श्री ............................... राष्ट्रवादी लेखक महासंघको अभियानता मनोनीत भएकोमा मेरो राजीखुशीले यो प्रतिबद्धता जाहेर गर्दछु ।

सिङ्गो मुलकको राष्ट्रियता संकटमा परेको छ । नेपाली अनुहारका विदेशी एजेन्डा नै आजका राष्ट्रघाती व्यक्तिहरु हुन् । यिनै व्यक्तिका कारणले राष्ट्रिय स्रोत र साधन परिचालन गर्न नसक्दा नेपालीहरु विदेशी ऋणमा चुर्लुम्म डुबेको छन् । यो अवस्थालाई जल, मल दिने काम असफल राष्ट्रिय नेतृत्वले गरेको छ । तसर्थ सफल र विकासका लागि कार्य गर्ने असल नेतृत्वलाई चुनेर सत्तामा पुर्याउन जरुरी छ । असल सत्ताको अवस्थालाई आत्मैदेखि स्वीकार गरि जस्तोसुकै कठिन परिस्थिति आए पनि म राष्ट्रवादी नागरिकको हैसियतले राष्ट्रवादी लेखक महासंघको पहिचानमा आँच आउने काम गर्ने छैन भनी यो राष्ट्रवादी अभियान र आन्दोलनलाई मासिक लेवि निरन्तर बुझाउँदै यो आन्दोलनलाई सफलतामा पुर्याउन सक्रियताका साथ आफ्नो भुमिका पूरा गर्ने छु भनी यो प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दछु ।

पेशा:
नाम:
लेवि:
हस्ताक्षर:
सम्पर्क नं.:
वैकल्पिक सम्पर्क नं.:
ईमेल ठेगाना:

                           अनुसूची-२

राष्ट्रवादी लेखक महासंघको लोगो:-


                           अनुसूची-३

    राष्ट्रवादी लेखक महासंघको गीत:-
ढुकढुकीमा मेची काली बग्दा मान्छे नेपाल बन्छ ।
खोज साथी हामीभित्रै हाम्रो गाउँ बस्ती हुन्छ ।

लाली गुराँसको माला लगाई धौलागिरि हाँसी दिँदा –२
सुनसाथी गण्डकीले सुसेलीमा किन रुन्छ ?
छालहरुको जोश जाँगर त्यसै त्यसै किन सुक्छ ?

स्वदेशको माया बोकी टाढा जाने परदेशीलाई –२
भन साथी सारङ्गीको विरहमा गाउँ रुन्छ ।
बाँझा पाखा पखेराले तिम्रो माया सम्झेकै छ ।

विकास गर्ने भाषण गर्दा वर्षौँ वर्ष त्यसै बिते –२
आउ साथी सबै मिली कोदालो घन बोके हुन्छ ।
विश्वासका बारी जोती मेहनतका बिउ रोपे हुन्छ ।

तीन करोड सबै नेपाली नेपाल आमाकै सन्तान भए –२
को को परे आफ्ना मान्छे छुट्याउन छोडे हुन्छ ।
गुटहरुमा बाँड्न छोडी एकै ठाउँ जोडे हुन्छ ।

वर्षौँदेखि हामी बीच खाडल पारी भेल उर्ल्यो –२
आउ साथी मेची काली साँगु जोडी तरे हुन्छ ।
नेपालीको सङ्लो मन तीर्थ त्यहीँ गरे हुन्छ ।


राष्ट्रवादी लेखक महासंघ-जिन्दावाद !
राष्ट्रवादी साहित्य-जिन्दावाद !!!
राष्ट्रवाद- जिन्दावाद !!

धन्यवाद ! जय राष्ट्रवाद !! जय देश !!!


थप जानकारीका लागी
सम्पर्क: 9810227519
ईमेल: nafofficial24h@gmail.com
वेबसाईट: nafofficial24hk.blogspot.com
फेशबुक: www.facebook.com/nafofficial24h