राष्ट्रवादी लेखक महासंघ NAF: संक्षिप्त परिचय

राष्ट्रवादी लेखक महासंघ नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय स्तरमा राष्ट्रवादी साहित्यिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रवादी लेखकहरुको संगठन हो । यस संगठनको स्थापना वि.सं. २०७६ मा भएको हो ।

उद्देश्य
राष्ट्रवादी लेखक महासंघको उद्देश्य
(क) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने,

(ख) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरूको सृजना एवं प्रकाशन गर्ने, गराउने,

(ग) आवश्यकता अनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्च स्तरीय कृतिहरुको अनुवाद एवं प्रकाशन गर्ने, गराउने,

(घ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने,

(ङ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचारविमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने,

(च) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध राख्ने,

(छ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने,

(ज) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिक शास्त्रीको प्रतिभा विकसित हुने
वातावरणको लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने,

(झ) नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्बद्र्धन र संरक्षण गर्ने,

(ञ) नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्मर्द्धन र संरक्षण गर्ने,

(ट) नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्वकोष
तथा शब्दकोष तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई संवृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने,

(ठ) भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिक शास्त्री, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाहरूको विकासमा सहयोग पुर्‍याउने,

(ड) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने,

(ढ) नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने,

(ण) नेपालका विभिन्न जात जातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न प्राथमिकता दिने,

योजना र कार्यक्रम
माथिका उद्देश्य पूरा गर्न राष्ट्रवादी लेखक महासंघले प्रमुख रुपमा निम्न बमोजिम कार्यक्रम सञ्चालन गर्नेछ:-
१. नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरुको सिर्जना गर्ने गराउने ।
२. नेपाली र नेपालका अन्य भाषाहरुमा विदेशी भाषाका उच्चस्तरीय कृतिहरुको अनुवाद गर्ने, गराउने तथा नेपाली र नेपालका अन्य भाषाहरुका उच्चस्तरीय कृतिहरुको विदेशी भाषाहरुमा तथा नेपालकै विभिन्न भाषामा अन्तरभाषिक अनुवाद गर्ने गराउने ।
३. भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रका विभिन्न विषयमा राष्ट्रिय स्तरका प्रवचन, गोष्ठी, विचार–विर्मश, सम्मेलन, प्रदर्शनी आदि गर्ने गराउने ।
४. राष्ट्रवादी लेखक महासंघ र सम्बद्ध राष्ट्रिय सङ्घ–संस्थासँग सम्बन्ध राख्ने र तीसँग तिमी सांस्कृतिक एवं साहित्यिक गतिविधि आदानप्रदान गर्ने ।
५. भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका विभिन्न वियायमा उल्लेखनीय गोगदान दिने स्वदेशी तथा विदेशी विद्वान् साहित्यकार एवं कलाकारहरुको कदर तथा सम्मान गर्ने ।
६. सम्बद्ध विषयका विद्वान्, साहित्यकार र विशेषज्ञहरुको प्रतिभा विकसित हुने वातावरणको सिर्जना गर्ने ।
७. विशिष्ट विद्वान् तथा साधकहरुलाई मानार्थ तथा आजीवन सदस्यता प्रदान गर्ने ।


वार्षिक गतिविधिः सामान्यता राष्ट्रवादी लेखक महासंघले आफ्ना वार्षिक कार्यक्रममा निम्न कुरा समावेश गर्ने गर्छ ।

कविता–महोत्सवः वैशाख १ गते राष्ट्रवादी लेखक महासंघको जन्मदिनका उपलक्ष्यमा राष्ट्रिय राष्ट्रिय कविता–महोत्सव गरिन्छ । सो बेला देशभरिका इच्छुक कविहरुको बिचमा कविता प्रतियोगिता गराई पदक तथा पुरस्कार प्रदान गरिन्छ ।

भानुजयन्तीः असार २९ गते आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइन्छ । त्यस्तै अरु प्रमुख प्रतिभाहरुका जन्म दिनमा जन्म जयन्ती कार्यक्रम आयोजना गरिन्छ । प्रवचन, गोष्ठी आदिः स्वदेशी विद्वान् एवं विदुषीहरुको सहभागितामा प्रवचन, गोष्ठी, सम्मेलन तथा अन्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गराउने गरिन्छ ।

विद्वत्वृत्तिः राष्ट्रवादी लेखक महासंघले प्रत्येक वर्ष नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी विभिन्न विद्वान्लाई विद्वत्वृत्ति दिन सक्ने व्यवस्था छ । यसरी विद्वत्वृत्ति दिँदा सञ्चारमाध्यमबाट प्रस्तावको आह्वान गरिन्छ र आएका प्रस्तावहरुमध्येबाट राष्ट्रवादी लेखक महासंघले छनौट गरी विद्वत्वृत्ति प्रदान गरिन्छ ।

नाफ नेपालको आन्तरिम विधान अध्ययन गर्न NAF Nepal को आन्तरिम विधान-२०७६ मा Click गर्नुहोस् ।