NAF अन्तरक्रिया कार्यक्रम-२०७६ यही साउन ३० गते हुँदै

राष्ट्रवादी लेखक महासंघ सैद्धान्तिक, सांगठनिक र नेपालको मुल अन्तरविरोधलाई पहिचान गर्ने समकालीन नेपाली विचारमा सबैभन्दा युगीन, रचनात्मक तथा यथार्थपरक नेपाली धर्तीमा आधारित विचारको विकास गरेको साहित्यिक संगठन हो ।
नेपालको आन्तरिक राष्ट्रवाद मृत्युतुल्य भएको अवस्थामा राष्ट्रवादी लेखक महासंघ नेपाली राष्ट्रवाद उन्मुख व्यवस्था र समाजको कल्पना गर्दै संसारकै सबैभन्दा असली राष्ट्रवादी लेखक महासंघको अभ्यास गर्ने सोचका साथ अगाडि बढिरहेको छौं । विदेशी एजेन्डाको रुपमा कलो खानेहरुले राष्ट्रवादी लेखक महासंघ र हामीलाई कसरी हेर्छन् हामीलाई यसको प्रवाह छैन । जनता, स्रोत-साधन, माटो र झण्डाको माया गर्नेहरुले के भन्छन् ? त्यो महत्त्वपूर्ण विषय हो । हामीलाई पुर्ण विश्वास छ । नेपाली जनता, माटो र झण्डाको शिर उच्च हुनुपर्छ भन्ने आम जनसमुदाय र देशभक्ति लेखक वर्गले हामीलाई साथ र समर्थन गर्नुहुनेछ । राष्ट्रको निउरेको शिर निउराउन नै बाध्य पारिएको अवस्थामा को राष्ट्रवादी ? को राष्ट्रघाती ? छुटाएर अगाडि बढ्नुपर्छ । राष्ट्रवादी हुनका लागि कस्तो प्रकारको दृष्टिकोण हुनुपर्छ भन्ने विषयमा राष्ट्रवादी लेखक महासंघले आफ्नो वैचारिक दस्तावेज प्रष्ट पारेको छ ।

संगठनलाई व्यवस्थित परिचालन गर्नको लागि स्पष्ट विधि, नीति-नियम चाहिन्छ । त्यसकै लागि विधानको आवश्यकता पूरा गर्न आन्तरिम विधान निर्माण गर्नको लागि NAF संस्थापक समितिले यहि मिति २०७६ साउन ३० गते अन्तरक्रिया कार्यक्रम राखेको हुँदा सम्पुर्ण सदस्य वर्गमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

राष्ट्रवादी लेखक महासंघ-जिन्दावाद !
राष्ट्रवादी साहित्य-जिन्दावाद !!!
राष्ट्रवाद- जिन्दावाद !!

धन्यवाद ! जय राष्ट्रवाद !! जय देश !!!



थप जानकारीका लागी
सम्पर्क: 9810227519
ईमेल: nafofficial24h@gmail.com
वेबसाईट: nafofficial24hk.blogspot.com
फेशबुक: www.facebook.com/nafofficial24h